भैरब सिंह स्मृति प्रतिष्ठानद्धारा जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

भैरब सिंह स्मृति प्रतिष्ठान अछामले जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानको सहकार्य मार्फत सेवा ईन्टरनेशन नेपाल गौरीघाट काठमाडौं मार्फत प्राप्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएका हुन ।

कोरोनाभाईरसको संक्रमण तथा जोखिम न्युनिकरणमा टेवा पुगोस भन्ने उद्देश्यले प्राप्त सामाग्री जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर अतुल भारद्धाजलाई हस्तान्तरण गरिएको थियो । भैरब सिंह स्मृति प्रतिष्ठान अछाममा संरक्षक, सल्लाहकार संयोजक तथा नेपाली काग्रेसका पुर्व महासमिति सदस्य मान बहादुर रावल नेतृत्वमा गएको टोलिले डाक्टर भारद्धाज मार्फत अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ५ थान, पल्स अक्सीमिटर १० थान, फेस मास्क १५ सय थान र फेस सिल्ड ५ सय थान हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव गणेश बहादुर रावलले जानकारी दिनु भयो ।

सामाग्री हस्तान्तरण पछि बोल्दै संरक्षक रावलले हरेक सामाजिक अभियानमा आफ्नो प्रतिष्ठान सहयोग रहने बताउनु भयो । सामाग्री ग्रहण गर्दै जिल्ला अस्पताल अछामका डाक्टर भारद्धाजले हरेक क्षेत्रबाट सेवाका हातहरु अघि बढदै गएकाले प्राप्त स्वास्थ्य सामाग्रीले निकै सहयोग पुग्ने बताउनु भयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावल, नेपाली काग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र प्रसाद ढुगांना, सचिव प्रकाश साउद, वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, १० का अध्यक्ष नेत्र बहादुर रावल, नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष रमेश बिष्ट (जंगिजनार्दन), नेवि संघ सहसचिव पुष्प भण्डारीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button