मलामी गएका व्यक्तिको डुबेर मृत्यु

अछाम । अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ३  लाछिमनाका करिब २८ वर्षका मीन बहादुर ढोलीको खोलामा डुबेर मृत्यु भएको हो । बिहीबार दिउसो करिब ३ बजेतिर अस्तु सेलाउने क्रममा एक्कासि चिप्लिन गई ढोलीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो ।

मलामी गएका उनको कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयले शव निकालेका प्रहरीले जनाएको छ ।

डुबेको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली गई घटनाबारे जानकारी लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी थपलियाले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button