
बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने सरकारको निर्णय
काठमाण्डौ बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ .
सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५) हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो . यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो . तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो .
सरकारले अब बंगलादेशसँग जीट’जी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ . मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग म“ल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ . सकेसम्म सःतोमा मल खरिद गर्ने नेपालको तयारी छ .
ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव ह’ने गरेको छ . यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ .