भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने

काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ ।

खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय बारे जानकारी दिइने तयारी भएको उहाँले बताउनुभयो ।

भारतले आजदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाललाई दिन लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया एसआईआईले उत्पादन गरिरहेको कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय भएकोे थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । खोप आए लगत्तै अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button