ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट ३३ करोडमा बिक्री

चैत ११, २०७७ बुधबार

– ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेको बीबीसीले जनाएको छ ।

डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गर्नुभएकाे थियाे । डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गर्नुभएको थियो । जसमा लेखिएकाे थियाे, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’

भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुने गर्छ । केही समय पछि माेनालिसाकाे चित्र जस्तै  मानिसहरुकाे यस ट्वीटकाे पनि महत्व बुझ्ने एस्टेवीले ​बताउनुभएकाे छ ।

१५ वर्ष पुरानो ट्वीटलाई एनएफटी अर्थात् नन फन्जिबल टोकनको रुपमा बिक्री गरिएको छ । एनएफजी कुनै पनि चिजको गुणस्तरीयताका आधारमा दिइने डिजिटल प्रमाणपत्र हो । डोर्सीले ट्वीट लिलामी मार्फतको रकम बिटक्वाइनमा प्राप्त गर्नुभएकाे छ ।

यस्तै ट्वीट बिक्रीबाट प्राप्त रकम एक परोपकारी संस्था ‘गिभ डाइरेक्ट्ली’लाई दान दिइएको छ । यस संस्थाले कोरोना भाइरसका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker