सरसफाइले सभ्य नागरिकको पहिचान झल्काउने :अध्यक्ष साउद

कार्तिक २७ अछाम

चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले सरसफाइले सभ्य नागरिकको पहिचान हुने बताउनु भएको छ ।

अछामको प्रवेश द्धारमा रहेको चौखुट्टे बजारमा रहेका ब्यपारि लाई सरसफाइ गरि सफा र स्वच्छ राख्न आग्रह गर्दै अध्यक्ष साउदले चौखुट्टे बजारको सरसफाइले सिङ्गो अछामको पहिचान झल्कने बताउनु भयो ।

चौखुट्टे बजारमा गाउँपालिकाले तत्काल सार्वजनिक सौचालय निर्माण गरि ब्यबस्थित रुपमा संचालन गर्नुका साथै प्लास्टिक र सिसालाइ ब्यपारिले तत्काल ब्यबस्थापन गर्नका लागि अध्यक्ष साउदले आग्रह गर्नु भयो ।

बजार भित्रमा ट्याक्टर पार्किङ र घरका अगाडि निर्माण गरिएका टिनका टहरा हटाउनका लागि सम्बधित ब्याक्तिलाइ बजार ब्यबस्थापन समिति, युवा कल्बका प्रतिनिधिलाई सहयोग गरिदिन समेत आग्रह गर्नु भयो ।

चौखुट्टे बजारलाई सरसफाइ गरि सभ्य जिल्लाको पहिचान दिनका लागि घर, आगन, पसल र होटलको सरसफाइ गर्न आफु प्रतिबद्ध भएको ब्यपारिले बताएका छन ।

दुनिका वडा अध्यक्ष मने साउदको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला सचिवालय सदस्य रामबहादुर आउजि, नेपाली काग्रेश पार्टी जिल्ला कार्यसमिति सदस्य टेकबहादुर साउद, वडा सदस्य दलजित साउद, चौखुट्टे प्रहरी चौकीका इन्चार्ज गणेश बहादुर सिंह लगायत चौखुट्टे बजारका ब्यपारिको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button