डोटीमा जीपको ठक्कर बाट एक जना घाइते

मंसिर ९ : डोटीमा जीपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएको छन् ।

जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ इयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मौता बाट दिपायल तर्फ गइरहेको सो जीपले ठक्कर दिँदा पार्किको टाउको र नाकमा चोट लागेको जनाइएको छ ।

उनको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ भने जिप र चालक इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker