देशका केही ठाउँमा पानी पर्ने सम्भावना

  पुस १९, २०७७ आइतबार 

काठमाण्डौ – देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ । भोलिदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसमविदको भनाइ छ ।

पश्चिमी वायूको प्रभावले   प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविद सजिना शाक्यले बताउनुभयो । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ ।

अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ । तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकामा हिजो भन्दा केही न्यानो महसुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीमा पुगेको छ ।

यस्तै पानी तथा हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ । 

अबकाे तीन दिनसम्मकाे माैसमबारे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker