सुदूर पहाडमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ।

 बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले बताए।  

उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ। भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका केही क्षेत्रमा गरिएको थियो। भूकम्पले क्षति गरेकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker