आज दिनभरि मौसम बदली रहने

धनगढीः सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रको अधिकांश स्थानमा आज सोमबार दिनभरि मौसम बदली रहने जनाइएको छ।

पश्चिमी वायुको प्रभावले दिनभरि तराई क्षेत्रमा पानी पर्ने र पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

सो कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले आइतबारसहित ३ दिन मौसम खराब रहने देखाइएपनि मंगलबारदेखि क्रमिक रुपमा मौसममा सुधार आउने जानकारी दिए।

कैलालीलगायत जिल्लामा आइतबारदेखि मौसममा खराबी देखिनुको साथै अधिकांश स्थानमा पानी परेको छ।

दिनेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button