दिल्ली लैजादै गरेकी ४ महिलाहरुको गड्डाचौकीबाट उद्धार

धनगढीः भारतको दिल्ल लैजादै गरेकी ४ महिलाको कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीको समूहले ४ महिलाको उद्धार गरेको हो। 

झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ वर्षीया रोशनी घिमिरेले उनीहरुलाइ भारतको दिल्ली लैजादै गरेकी सशस्त्र प्रहरीले बताएको छ। उद्धार गरिएकी महिलाहरुमा सोहि वडाकी १८ वर्षीया मातृका घिमिरे, २३ वर्षीया रोजिना घिमिरे, २७ वर्षीया सुदिपा मिश्र र मकवानपुरको  हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ की २१ वर्षीया सुमिता स्याङताङ रहेका छन्। 

उनीहरुलाई शान्ती पुनस्थापना केन्द्रलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button