समाजमा सकारात्मक सोचका युवाको आवश्यकता छ: नगरप्रमुख बोहरा

कमल रावल, पौष २१ अछाम
मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले समाजमा सकारात्मक सोचका युवाको आवश्यकता रहेको बताउनु भएको छ । हरेक समाजमा हुने विसँगती विकृती अन्त्यका लागी युवाको नै आवश्यकता हुने भएकाले अब युवा सजग सहीत सचेत हुदै अघि बढनु पर्ने बताउनु भयो ।

अहीलेको बदलीदो राजनिती प्रणालीको बारेमा चिन्ता ब्यक्त गर्दै नगरप्रमुख बोहराले अबका युवा जाग्नुपर्ने बेला आएको बताउनु भयो । जेसीज अछामको ७ औँ शाखा अधिबेशनको उदघाट्न गर्दै नगरप्रमुख बोहराले अहीलेको बदलीदो परिवेश अनुसार युवा अघी बढन नसके झन असहज परिस्थीती आउन सक्ने बताउनु भयो ।

बर्ष २०२० का अध्यक्ष तुलाराम बिसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख बोहराले जीवनको प्रबाह नगरि समुदायलाई नै भार हुने गरि अघि बढेका युवालाई सकारात्मक बनाउदै जिम्मेवार बनाउनमा जेसीजमा आबद्ध युवाले भुमीका खेल्नु पर्ने बताउनु भयो ।

१८ देखि ४० बर्ष उमेर समुहका देशका लागी आवश्यक जनशक्ति जेसिजको संगठनमा भएकाले अब हरेकले परिवर्तनको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी मंगलसेन नगरपालीका वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद ढुगाँनाले युवालाई संगठीन गर्दै जेसीजले आफुनो भुमीकालाई अझै फराकीलो बनाउदै लैजानु पर्ने बताउनु भयो ।

अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, जेसीज अछामका निवर्तमान अध्यक्ष नरेश कुमार शाहीले समेत शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा बर्ष २०२० मा जेसीज अछामलाई सफल बनाउन कार्य समीतीमा रहेर महत्वपुर्ण योगदान गर्ने उपाध्यक्ष सिद्धराज ढुगाना र सचिव टेकराज भण्डारीलाई “उत्कृष्ट जेसि पुरष्कार बाट प्रदान गरिएको थियो ।

प्रमुख अतिथी, अध्यक्ष, बिशिष्ट अतिथी लगाएत ।

सोही अवसरमा जेसीज अछामलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई सम्मान गरिएको थियो । जेसीज बर्ष २०२० का उपाध्यक्ष टेक बहादुर थापाले स्वागत गर्नु भएको कार्यक्रममा जेसीज प्रतिबद्धता जेसी हरिश चन्द्र रावलले प्रस्तुत गर्नु भएको थियो भने संञ्चालन महासचिव अमर न्यौपानेले गर्नु भएको थियो ।

अधिबेशनले बर्ष २०२१ का लागी नयाँ समिती चयन गर्नेछ । आजको बन्दसत्रले सहमतीमा नयाँ नेतृत्व चयन गर्न नसकेपछी भोली निर्वाचन प्रणालीबाट टुगो लगाउने गरि निर्वाचन तालीका समेत सार्वजनीक गरिएको निर्वाचन अधिकृत जेसि नरेश कुमार शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button