भेरी नदीमा खस्यो बस

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ।

बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यद्यपि मृतकको पुष्टि भने भएको छैन। बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ।

घटनाबारे थप विवरण आउन भने बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button