अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछामः जिल्लामा भिरबाट लेडेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ५ कुईका स्थित डाडा भन्ने ठाउँमा बसोबास गर्दै आएका रण टमट्टाकी धर्मपत्नी ४८ वर्षीय बिशु टमट्टाको आज दिउँसो साढे एक बजेतिर ज्यान गएको हो ।

गोरुलाइ घाँस काट्न भनेर घर नजिकैको माटिखाने भन्ने ठाउँमा घाँस काट्न गएको बेला भिरबाट लडेर करिब २ सय मिटर तल परेपछि घाइते भएकी टमट्टाको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मंगलसेन लिने निर्णय गर्दै गर्दा घरमा पुर्याएपछी ज्यान गएको मृतकका छोरा एकेन्द्र टमट्टाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button