पुर्ण खोप सुनिश्चितता, दिगोपना तथा सरसफाई प्रर्बद्धनका लागी छलफल

कमल रावल, पुष २४ अछाम
पुर्ण खोप सुनिश्चितता, दिगोपना तथा सरसफाई प्रर्बद्धन सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । खोप पाउने उमेर समुहका सम्पुर्ण बालबालीकाले नियमित खोप पाईरहेकाले जिल्ला पुर्ण खोप युक्त जिल्ला भईसकेपछी आगामी यसको सुनिश्चितता, दिगोपना तथा सरसफाई प्रबद्र्धनका लागी अछामका सरोकारवालासँग छलफल गरिएको हो ।

विगतका दिनहरु भन्दा जिल्लामा बालबालीकाले पाउने खोपको लक्ष्य घटिरहेकाले यसमा सबै सरोकारवालाको ध्यान जानु पर्नेमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले जोड् दिनु भयो । अन्तरक्र्रिया कार्यक्रमको सहजीकरण गर्दै हरेक क्षेत्रसँग धेरै छलफल सहित अनुसन्धान गर्दा बच्चा कतै नछुटेपनी लक्ष्य पुरा नहुने भएकाले यसका लागी अब बच्चा भए नभएको तथ्याक पुर्ण रुपमा सँकलन गरि पुर्ण खोप सुनिश्चितता र दिगोपनामा सबैले सहयोग गर्नु पर्ने ढुगाँनाले बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत झपट राज ढुगाँनाले खोप अभियानसँगै सरसफाई प्रबद्र्धनमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । खोपकेन्द्र संञ्चालन हुने स्थलमा हरेक बच्चाको आमाले ७ पटक जानु पर्ने भएकाले अब सबैको ध्यान सरसफाई तिर हुनु पर्ने बताउनु भयो । जति सरसफाईमा ध्यान दिन सकियो त्यति नै स्वस्थ्य हुन सकिने बताउनु भयो ।

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा सबै नगरपालीकाका प्रमुखको तर्फबाट बोल्दै मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य, शिक्षा र कृषिलाई नगरपालीकाले जहीले पनी पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने गरेको बताउनु भयो । हरेक जिम्मेवार ब्यक्तिले कर्तब्य निष्ठा भएर अघि बढन सके यस अभियानमा सफल हुन सकिने बताउनु भयो ।

गाउपालीका अध्यक्षको तर्फबाट बोल्दै तुर्माखाद गाउपालीका अध्यक्ष पुस्पराज शर्माले सबैले आफ्नो जिम्मेवारी सम्हाल्दै बास्तवीक वर्गका लागी काम गर्न सके सफल हुन सकिनेमा जोड दिनु भएको थियो । प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्लामा स्वास्थ्य संस्थाका भवन समयमै निर्माण नभएको गुनासोलाई सम्बोधनका लागी सम्बन्धीत ठेकेदारसँग पटक पटक ताकेता गर्दै आएको बताउनु भयो । कार्यक्रममा सबै नरगपालीकाका उपप्रमुखको तर्फबाट पंञ्चदेवल विनायक नगरपालीकाका उपप्रमुख अम्बिका चलाउने, सबै गाउपालीका उपाध्यक्षको तर्फबाट चौरपाटी गाउपालीकाका उपाध्यक्ष माया कुवरले सुझाब सहीत आगामी दिनमा गर्न सकिने सहयोग तथा सहकार्य बारे प्रतिबद्धता जनाउदै मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागी अतिथी ।

स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता नाराका साथ सुरु भएको कार्यक्रममा १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्थित सरोकारवाला र पत्रकारको सहभागीता रहेको थियो । अभिमुखिकरण तथा गोष्ठी जिल्ला स्वास्थ कार्यालय अछामको प्राबिधिक सहयोग र जिल्ला खोप समन्वय समितीको आयोजनामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button