वैशाख १७ र २७ मै चुनाव हुन्छ, तयारी थाल्नुहोस् आँधिबेहरी ल्याउनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् ।

शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएको र भनिएको मितिमा हुने दाबी गरेका हुन्।

‘आगामी २०७८ साल वैंशाख १७ गते र वैंशाख २७ गते नै चुनाव हुन्छ, तयारी थाल्नुहोस्। अब आँधिबेहरी ल्याउनुपर्छ,’ उनले भने।

निर्वाचन हुनेमा कोही पनि साथीहरू र देशबासीहरू अन्योल र भ्रममा नपर्न आग्रहसमेत गरेका छन्।

‘केपी ओलीले चुनाव गराउँदैन। भन्दै हल्ला फिँजाएका छन्। म विभन्न जेल-नेल खटेर अनेक पल्ट मर्दै बाँचेको मान्छे हुँ, म लोकतन्त्र मास्नलाई होइन रक्षा गर्नका लागि आएको हुँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button