वडा नम्बर १२ र १४ मा संञ्चालीत शिबिरको नगरप्रमुख बोहराद्धारा अनुगमन

कमल रावल, पुष २६ अछाम

 मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा गएको अनुगमन टोलीले वडानम्वर १२ र १४ मा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन तथा ब्यक्तिगत घट्ना दर्ता शिविरको स्थलगत अनुगमन गरेको छ । नगरका १४ वटै वडामा जारी शिबिरमा नगर प्रमुख बोहराको टोलीले अनुगमन गरिरहेको छ ।

यतिबेला जनालाई सेवाका लागी घरदैलोमा सरकारको सेवा पुगेकाले सबैलाई सेवा लिन आग्रह गर्नु भयो । नगर प्रमुख बोहराको टोली वडा नम्बर १२ र १४ मा शिबिरमा सेवा लिने सेवाग्राहीको संख्याको समेत जानकारी लिएको छ । जसमा वडा नम्बर १२ मा २ सय ५० र १४ मा २ सय ५० गरि ५ सय नागरिकले सेवा लिएका दर्ता स्थलमा खटेका कर्मचारीले जानकारी दिनु भयो ।

त्यस अघि अनुगमन टोलीले स्वास्थ्य चौकी कालागाउँको नवनिर्मित सुविधा सम्पन्न भवनको अनुगमन समेत गरेको छ । स्थलगत अनुगमनमा नगर प्रमुख बोहरा सहीत वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारी, नगरपालीका एमआईएस अपरेटर होम बहादुर साउद, पत्रकार कमल रावल, नमराज भण्डारी, चक्र प्रसाद जैशि लगाएतको सहभागीता रहेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker