राजनीति संगै आर्थिक क्रान्तिलाई अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्छ : पुर्व अर्थमन्त्री बोहरा

पौष २७ अछाम

नेकपा अध्यक्ष एबम प्रधानमन्त्रि केपी ओली समूहका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताउनुभयो ।

सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएका बताउनुभयो ।

प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताउनुभयो। सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिमेवारी समहालि सक्नुभएका नेता बोहराले चुनावमा आफु संग जितेर देखाउन भिम रावललाई चुनौती समेत दिनुभयो ।

पार्टीका अर्का केन्द्रिय सदस्य नेता कृष्णप्रसाद जैसीलेअधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गर्नुभयो । माधव प्रचण्ड समुहले पार्टीको सम्पति माथी अाखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर लगाउन समेत उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker