माधव-प्रचण्ड समुहकै कारण पार्टी फुटको संघारमा पुग्यो : नेकपा केन्द्रीय सदस्य कडायत

पौष २७ अछाम

केपी वली पक्षका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोलनका हस्ती भिम बहादुर कडायतले पदको लडाइँको लागि पार्टी भित्रका नेताहरू मरिहत्ते गर्न थालेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको बताउनुभएको छ ।

एउटै पार्टीको सरकार भएपनि पार्टी भित्रीकै नेताहरू सरकारका बिरूद्वमा लागेर सरकार नै ढाल्ने खेलमा लागेपछि प्रधानमन्त्री बाध्य भएर संसद विघटन गर्नुभएको बताउनुभयो ।

चुनाव देखि डराउनेहरूले मात्रै केपी वलीको विरोध गर्ने गरेको भन्दै सडकमा जानुभन्दा निर्वाचनको तयारीमा जुट्न समेत अाग्रह गर्नुभएको छ । केपी वलीले देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएकाले वलीको विरोध नभई प्रशंसाा गर्नुभएको छ ।

नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टीले चुनावको विरोध गर्नु नसुहाउने भन्दै चुनावको तयारीमा जुट्न समेत अनुरोध गर्नुभएको छ । केपी वली पक्षको अायोजनामा मंगलसेनमा भएको कार्यक्रममा प्रमुख अतिथिको अासन बाट बोल्दै नेता कडायतले भिम रावलको नक्कली राष्टबादले काम नगर्ने भएकाले पार्टी विभाजन हनुमा भिमरावलकोपनि ठूलो हात रहेको अारोप लगाउनुभएको छ ।

अछाममा केपी पक्ष माधव प्रचण्डपक्ष भन्दा बलियो हुने समेत दाबी गर्नुभएको छ । पार्टीका जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै अार्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताउनुभएको छ ।

देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएकाले त्यो देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसीरहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताउनु भएको छ । सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारि समहालि सक्नुभएका नेता बोहराले चुनावमा अाई जितेर देखाउन भिम रावललाई चुनौती समेत दिनुभएको छ ।

पार्टीका नेता कृष्णप्रसाद जैसीले अाधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गर्नुभएको छ । माधव प्रचण्ड समुहले पार्टीको सम्पति माथी अाखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर लगाउन समेत अनुरोध गर्नुभएको छ ।

पदका लागि मरिहत्य गर्ने माधव प्रचण्ड समुहकै कारण पार्टी फुको संघारमा पुगेको समेत अारोप लगाउनु भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, कमल तिमलसैना, पदम बहादुर बोहरा, शिव प्रसाद उपाध्याय, भिम जनालन, भिम बिष्ट , मना अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

सोही बिस्तारित बैठकले अछाम जिल्लामा चन्द्र बहादुर बोहराको अध्यक्षतामा ४ सय ५१ जनाको पार्टिको जिल्ला कमिटी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker