आन्दोलनलाई प्रभावित गर्न खोज्दा कर्ण थापा चढेको गाडी तोडफोड

पौष २८ अछाम
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलिको कार्यक्रममा सहभागी भएका नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छ्न । अध्यक्ष थापा चढेको ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरेका हुन् । प्रचण्ड र माधव पक्षका युवा र बिद्यार्थीको बिस्तारित समापन पछि सडकमा नारा जुलुस भईरहेका बेला कार्यक्रमलाई उत्तेजित पार्न खोज्दा गाडी तोडफोड भएको रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक कुँवरले जानकारी दिनुभयो । 


     प्रधानमन्त्री केपि शर्मा ओलिको असबैधानिक अलोकतान्त्रिक कदम बिरुद्ध सडकमा आन्दोलन भईरहेका बेला गाडी रोकेर प्रचण्ड माधव पक्षका नेता कार्यकर्ता पाखुरा सिम्रीदै झणडा गर्न आएपछि गाडी तोडफोड भएको रास्ट्रिय युवा संघ केन्द्रिय सदस्य कँुवरले जानकारी दिनुभयो । प्रतिनिधि सभाको पुर्नस्थापनाको लागि शान्ति पुर्ण रुपमा सडकमा आन्दोलन भइरहेका बेला सरकारी दम्भ देखाएर अध्यक्ष थापाले सरकारको रवाफ देखाएर आन्दोलनलाई उत्तेजित गर्न खोज्दा गाडी तोडफोड भएको रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य शिव बोगटीको भनाई छ । पार्टी कार्यालय कार्यक्रम नगर्न दुबै पक्षको सहमति भएपनी ओलि पक्षका कार्याकर्ता बिस्तारीत बैठक नजिक आएर प्रचण्ड र माधव पक्षको  कार्यक्रम प्रभावित गर्न  कर्ण थापालाई स्वागत गर्ने बाहनाम मुडभेड गर्न आउँदा गाडी माथी तोडफोड भएको रास्ट्रिय युवा संघ नेपालका अछाम सयोजक हिरण्ड कुँवरले जानकारी दिनुभयो  ।
    यस्तै गएको प्रतिनिधि सभाको चुनावमा नेकपाका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य डा. भिम रावललाई हराउन मौन अवधिमा पैसा ल्याएर बाड्न अछाम आउदा उनको गाडी माथी  नेपाली काग्रेसका कार्यकर्ताले गाडी तोडफोड सहित आगो लगाएका थिए । थापाले उक्त गाडीको क्षेतिपुर्ती अझै तिरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button