
पुस २९, २०७७ बुधबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा चार हजार एक सय ५४ जनाकाे पीसीआर परीक्षण भएकाेमा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै काेराेना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक सय ८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जनामा सङ्क्रमण देखिएकाे छ ।
यस्तै गएको २४ घण्टामा चार सय १४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या दुई लाख ५९ हजार सात सय ७२ पुगेको छ ।
थप पाँच जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ३७ पुगेको छ ।
नेपालमा बुधबारसम्म चार हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । त्यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् ।