अछाममा सामाजिक सेवामा अग्रसर निजीक्षेत्र

खेमराज ओझा २९ पुष, २०७७ अछाम

चौरपाटी गाउँपालिका ७, मार्कु स्थित लक्ष्मी आ.वि. कक्षा ८ मा अध्ययनरत एक छात्रलाई डि.के.स्टोर्स साँफेबाट छात्रवृत्ति सहयोग प्रदान गरिएको छ । आर्थिक अभावले कापि, कलम व्यवस्थापन गर्न नसकि कक्षा ८ मा पढाइ छोडेका छात्र हेम भूललाई (नाम परिवर्त) विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन साँफे स्थित छिपेखोला लाइनमा रहेको डि.के. स्टोर्सका सञ्चालक धर्मेन्द्र बहादुर कुवँरले शैक्षिक वृत्ति सहयोग रु.१० हजारको प्याकेजमा पहिलो किस्ता वापत् ५ हजार एक कार्यक्रका बीच प्रदान गर्नुभएको छ ।

साथै दोस्रो किस्ता वापतको रकम ५ हजार वैशाख महिनामा प्रदान गर्ने जानकारी दिनुभएको छ । आर्थिक समस्याका कारण विद्यालय शिक्षाबाट बालबालिकाले वञ्चित हुन नपरोस र लगनशील भएर आफ्नो उज्जवल भविष्य निर्माण गर्न सक्षम हुन भन्ने उदेश्यका साथ अति विपन्न अवस्थाका बालकलाई छात्रवृत्ति सायोग गरीएको डि.के.स्टोर्सका सञ्चालक धर्मेन्द्र बहादुर कुँवरले बताउनुभएको छ । व्यवसायबाट प्राप्त आम्दानीको केही रकम सामाजिक हितमा लगानी गर्ने सामाजिक सेवाभाव जागेर उक्त बालकलाई छात्रवृत्ति सहयोग गर्न इच्छा जागेको छात्रवृतिदाता कुवँरले बताउनुभयो ।

बालकको आवश्यकताको आधारमा शैक्षिक सामग्री, विद्यालय पोशाक लगायत अन्य आवश्यक सामग्री व्यवस्थान गर्न शैक्षिक वृत्ति सहयोगको रकम प्रयोग गर्न सकिने र विद्यार्थीको शैक्षिक वृत्ति विकासमा टेवा पुग्ने कार्यमा मात्रै रकम खर्च गर्न अनुरोध गर्दै छात्रवृत्तिको महत्व र सदुपयोग सम्बन्धमा वाक नेपाल युवा सशक्तिकरण बुलगारी परियोजना संयोजक महादेव ‌ओझले बताउनुभयो । नियमितता, व्यक्तिगत सरसफाइ, गृहकार्य, अतिरिक्त क्रियाकलाप लगायत विद्यालयका क्रियाकलापमा सहभागिताका लागि प्रोत्साहन गर्ने र विद्यार्थीको व्यक्तिगत अभिलेख नियमित अध्यावधिक गर्ने जनाकारी गराउँदै आगामि दिनमा पनि आर्थिक अवस्था कमजोर भएका अन्य बालबालिकाहरुको लागि पनि सहयोगी हातको खोजि गर्ने विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद जोशीले बताउनुभएको छ ।

लक्ष्मी आधारभूत वीद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष झंकर बहादुर बोगटीले छात्रवृत्तिदाता डि.के. स्टोर्सलाई हार्दिक धन्यावद दिदै बालबालिकाले लगनशील भएर पढाइमा ध्यान दिन अनुरोध गर्नुभएको छ । विद्यालय, विद्यार्थी र सहयोगी दाताबीच समन्वयात्म भूमिका सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपालद्वारा संचालित युवा सशक्तीकरण बुलगारी परियोजनाले निर्वाह गरेको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष झंकर बोगटीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परियोजनाका विकास सुपभरभइजर सत्य स्वाँरले गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button