
राष्ट्रपतिद्वारा माघी पर्वले सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त
माघ १, २०७७ बिहिबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवि भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपालका सबै जातजाति र समुदायका नागरिकबीच आपसी मेलमिलाप र सद्भाव बढ्ने बताउनुभएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पर्वले सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवसको अवसरमा शुभकामना दिँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताकाबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले पर्वहरुको विविधता नै देशको सम्पत्ति भएको भएको बताउनुभयो । संवैधानिक व्यवस्था र नीतिले देशको सांस्कृतिक एवं धार्मिक विविधतालाई संरक्षण गरेको उहाँको भनाइ छ । पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा समेत दिएको छ ।