
माघ १, २०७७ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुँदैन कि भन्ने आशङ्का हटाउने गरी कार्यक्रम गर्न निर्देशन दिनुभएको छ ।
आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले चुनावको माहोल तयार परेर नागरिकमा भएको शङ्का अन्त्य गर्न निर्देशन दिनुभएको हो ।
आउँदाे वैशाखमा चुनाव गर्नुपर्ने दायित्वबाट आफू पछि नहट्ने भन्दै ओलीले प्रतिनिधि सभा विघटन, पार्टी विभाजनको कारणबारे गाउँ–गाउँसम्म जानकारी पुर्याउन पनि आग्रह गर्नुभएको हो ।
उहाँले नेता सुवासचन्द्र नेम्वाङसँग निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका गतिविधिको जानकारी पनि लिनुभएको थियो ।