प्रधानमन्त्री कप : एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

  माघ २, २०७७ शुक्रबार 

दाङ –  आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

दाङमा महिलाको पीएम कप गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ । 

त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदाे माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमकाे सहभागिता रहने क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker