जुवा खेल्दै गर्दा जिल्ला समन्वय प्रमुखसहित ५ पक्राउ

  माघ २, २०७७ शुक्रबार

रुकुम पश्चिम – जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुखसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ पातुखोलामा रहेको भरत घर्तीको घरमा जुवा खेलिरहेका उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताउनुभयो । समन्वय प्रमुख ओलीसहित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ५ का सुवास घर्ती, त्यही पालिकाको वडा नम्बर १० का जितेन्द्र बुढा, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का लिलबहादुर पुन र मुसिकोट नगरपालिका १  का कमल गिरी पक्राउ परेका हुन् । 

उनीहरूको साथबाट तीन बुक तास र २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको (जुवा) मुद्दा चलाइने बताइएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button