अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या २२ जना, पाँच स्थानीय तहमा शून्य

टेकराज भण्डारी, माघ २, अछाम

अछाम जिल्लामा कोरोना भाईरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या २२ जनामा झरेको छ । १६ सय ६८ जना कोरोना भाईरसबाट संक्रमित भएका अछाम जिल्लामा १६ सय ४१ जना निको भई घर फर्किएसंगै सक्रिय कोरोना संक्रमितको संख्या २२ जनामा झरेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कोरोनाका सबै सक्रिय संक्रमितको होम आईसोलेशनमा बसेर उपचार भैरहेको छ ।

जिल्लाको मंगलसैन नगरपालिकामा ७ जना, चौरपाटी गाउँपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ४ जना, रामारोशन गाउँपालिकामा ३ जना तथा साँफेबगर नगरपालिकामा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

जिल्लाका पाँच स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । जिल्लाका तुमाँखाँद गाउँपालिका, ढकारी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिकामा संक्रमित सबैलाई निको भएर घर फर्किएका र संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अछाममा हालसम्म १३ हजार ३ सय १७ जनाको आरटी पीसीआर परिक्षण गरिएकोमा ११ हजार ४ सय ८४ जनामा कोरोना नेगेटिभ देखिएको छ । कोरोनाका कारण जिल्लामा पाँच जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker