मंगलसैन द्वारा पिसिआर प्रयोगशाला लाइ ५ लाख आर्थिक सहयोग

२०७७ माघ २, अछाम

जिल्लाको मंगलसैन नगरपालिकाले कमलबजारमा रहेको पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग गरेको छ ।

कमलबजार नगरपालिका अन्तर्गत कमलबजार प्राथमिक स्वास्थ्य केेेन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर आर्थिक सहयोग गरिएको मंगलसैन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले बताए ।

नगर प्रमुख बोहराले बुढाले ५ लाखको कमलबजार नगरपालिका लेखा अधिकृत सरद प्रसाद ढुंगाना मार्फत चेक प्रयोगशालालाई हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक सहयोग प्राप्त गरेपछि कमलबजार नगरपालिकाका नगरप्रमुख ओप्रकाश विष्टले खुशी व्यक्त गर्दै मंगलसैन नगरपालिका परिवारलाई धन्यवाद दिएका छन् ।

यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख र तुर्माखाद गाउँपालिकाले पनि १० लाख अर्थिक सहयोग गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा मंगलसैन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सोडारी ,मंगलसैन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी लगायतको उपस्तिथि रहेको नगरपालिका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker