
२०७७ माघ २, अछाम २३औं भुकम्प सुरक्षा दिवस अछाममा पनि मनाईएको छ ।
बहु प्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साँझा सहकार्यमा जनधनको रक्षा भन्ने नाराका साथ यसवर्षको भुकम्प सुरक्षा दिवस आज अछाममा पनि विशेष कार्यक्रम गरी मनाईएको हो ।
मंगलसेनको शान्ति स्मारकमा जिल्ला विपद व्यावस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले भुकम्पबाट प्राकृतिक, कृतिम र मानविय क्षती हुने भएकाले सजक रहनुपर्ने बताउनुभयो । साथै उहाँले आफुले पनि भुकम्पीय जोखिमबाट सुरक्षित हुन अपनाईने उपायहरु सिक्ने तथा घरपरीवारका अन्य सदस्यलाई सिकाउने प्रतिबद्धता जनाउँदै समुदायमा भुकम्पीय जोखिम न्युनिकरण सम्बन्धी जनचेतना अभिवृदीमा लाग्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले आगामी दिनमा भुकम्पबाट समाजका हरेक व्यक्तिलाई कसरी सुरक्षीत राख्ने भन्ने विषयमा गम्भीर हुदै सुरक्षीत रहनको लागी भौतिक संरचनाहरु पपनि भुकम्प जोखीमरहित बनाउन कार्ययोजनाको आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कार्यसमिती सदस्य भिम बहादुर रावल, नेपाली कांगे्रसका पार्टी उपसभापती चन्द्र प्रसाद ढुंगाना, जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख तथा प्रहरी नायव उपरिक्षक योगेन्द्रसिं थापा, जिल्ला अस्पतालका अध्यक्ष प्रभुनाथ खनाल, अस्पता प्रमुख झनकराज ढुंगाना लगायत जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायका कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले गर्नु भएको थियो ।