
कोरोनाका कारण थप पाँच जनाको ज्यान गयो, २ सय ७० जनामा सङ्क्रमण पुष्टि
माघ ३, २०७७ शनिबार
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप पाँच जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप पाँच जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अहिलेसम्म नेपालमा २ लाख ६६ हजार ८ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ९० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अब ४ हजार ३ सय १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।