
माघ ८, काठमाण्डौ| कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ । पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् ।
‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको हो । यही तलामा निर्माणको काम भइरहेको थियो । हामी आगलागीको कारणबारे बुझिरहेका छौँ । अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । ज्यान गुमाउने मजदुर हुन सक्छन् । अन्यलाई भने सुरक्षित निकालिएको छ’, मेयर मोहोलले भने ।
बिहीवार दिउँसो आगलागी भएपछि १० वटा दमकल त्यहाँ पुगेका थिए । इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनकाे चाैथाे र पाँचाैँ तलमा आगाे लागेकाे बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेकाे छ । सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित काेभ्याक्स स्किमकाे हिस्सा हाे । यसकाे उद्देश्य मध्यम आय भएका देशहरूमा खाेप उपलब्ध गराउनु हाे ।
उज्यालो अनलाईनबाट साभार