दुई शर्तमा मात्र पार्टी एकता कायम राख्न सकिन्छ– नेता पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ ।

उपत्यकामा माघ २३ गते गर्न लागिएको विशाल जनसभाको जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले कात्र्तिक २८ गते दर्ता गरिएको आरोप पत्र फिर्ता लिन र निर्वाचनमा सहभागी हुन सहमति भए मात्र पार्टी एकता कायम हुन सक्ने बताउनुभएको हो ।

निर्वाचन आयोगको निर्णयले पार्टी फुटाउन कसैले चाहेर पनि नसक्ने स्पष्ट पारेको बताउँदै उहाँले आयोग निर्णयप्रति आफूहरू सकरात्मक रहेको बताउनुभयो ।

आइतबार निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button