सोमबार सुदूरपश्चिममा ७२ नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ७२ जनाकोे नमूना परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पताल र कमलबजार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कील बताए।  

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५३ जनाको नमूना परीक्षण गर्दा २ जना, कमलबजार अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशका अन्य प्रयोगशालामा भने कोरोना परीक्षण भएको छैन्। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ८९ पुगेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker