चौरपाटी गाउँपालिकाको ८ औ गाउँसभा सम्पन्न

माघ १३ अछाम : चौरपाटी गाउँपालिकाको ८ औ गाउँसभा आज सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि आन्तरिक आयको प्रक्षेपण सर्वसम्मती बाट स्वीकृत गरेको छ ।

गाउँ सभाले चालु आ.व. २०७७/०७८ का स्वीकृत योजना तथा कार्यक्रमको समिक्षा र संशोधित कार्यक्रमहरु सर्वसम्मतीले पारित गरेको छ ।

यस्तै सभाले चौरपाटी गाउँपालिकाको वातावरण स्रोत संरक्षण विधेयक २०७७ तथा सक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७ सर्वसम्मतीबाट स्वीकृत गरेको छ ।

यस्तै सभाले दमखेत मुहान तल्ला मल्ला ठाडिकाट्टे पम्प सेटिङ्ग द्धारा खानेपानी योजनाको लागि गाउँपालिका तथा अन्य क्षेत्रबाट रकमको व्यवस्था गर्ने तथा ब्यवस्था नभए २०७८/०७९ को सम्बन्धित वडाको बजेटबाट विनियोजित भई स्वीकृत गर्ने निर्णय पारित गरेको छ ।

सभाले गाउँपालिकाको क्षेत्रमा भाडामा प्रयोग गरिने जे.सि.वि.र एक्जाभेटर जस्ता मेसिनरी साधन गाउँपालिकाको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १० को अनुसुची ८ लाई शंशाेधन गरिएकाे छ ।

सभाबाट स्थानीय सार्वजनिक खरिद नियमावली २०७७ सर्वसम्मतीबाट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker