अछाममा पहीलो दिन २ सय ३६ जनाले कोभिड १९ बिरूद्वको खोप लगाए ।।

माघ १४ अछाम

जिल्ला अस्पताल मंगलसेन अछामबाट कोभिड १९ बिरुद्धको खोप अभियानको सुरुवात गरिएको छ । मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले कोभिड १९ बिरूद्वको खोप अभियानको सुरुवात भएको ब्यानर बाचन गरि सुरुवात गर्नु भएको थियो । खोप स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगरले पहिलो खोप लगाई जिल्ला अस्पतालमा शुरूवात गरिएपछी २ सय ३६ जनाले पहीलो दिन खोप लगाएका छन । शुभारम्भ गरिएको पहीलो दिन जिल्ला अस्पताल, बयालपाटा अस्पताल, मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, ऐम्बुलेन्स चालक, सुरक्षाकर्मि गरि २ सय ३६ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले जानकारी दिनु भयो । दोश्रो दिन बान्नीगढी जयगढ गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका तथा तेश्रो दिन पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाँउपालिका र मेल्लेख गाँउपालिकाका अन्र्तगतका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ । यस्तै चौथो दिन तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिक्तामा रोखका व्यक्तीहरुलाई खोप दिईने छ भने १८ गते छुटफुट रहेकाहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । खोप लगाउदा हुन सक्ने अवाञ्छित घटनाको ब्यवस्थापनको लागि जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाज, डाक्टर दिनेश गिरी, अस्पतालका नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button