अछाममा आगलागीबाट ३ घर जलेर नष्ट

टेकराज भण्डारी माघ १४, अछाम

अछाममा आगलागी ३ घर जलेर नष्ट भएका छन् ।

जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानको धामि गाउँमा स्थानीयका ३ ओटा घरहरु आगो लागेर नष्ट भएका हुन ।

स्थानीय नवल सिह धामि, टंक धामि र दिपक धामिका घरमा आगो लाग्दा जलेर नष्ट भएका वडा अध्यक्ष गणेश बहादुर खड्काले रामारोशन टुडे अनलाइन लाई जानकारी दिनुभयो ।

भुसको छानो फाल्ने क्रममा बच्चाले आगो लगाउदा सल्किएको र अन्य घरमा समेत आगो लागेको बताईएको छ।

आग‍ो लाग्दा घरमा रहेका लुगा कपडा जम्मा गरिखिएको अन्न, भाडाकुडा नष्ट भएका वडा अध्यक्ष खड्काले बताउनुभयो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ भने आगलागी बाट अन्दाजी ३ लाख भन्दा बढि क्षति भएको वडा अध्यक्ष खड्काले बतानुभयो । आगलागीबाट मानवीय कुनै क्षति भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker