टेकराज भण्डारी माघ १४, अछाम
नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको असर वडा तहमा पर्न थालेको छ । नेकपा केपी ओली र प्रचण्ड माधव समूहले वडा तहमा आफ्नो कार्यक्रम गरी कमिटि गठन लगायतका कार्य गरीरहेका छन् । नेकपा तुर्माखाँद गाउँ संगठन कमिटिले पनि वडा तहमा कार्यक्रम गरिरहेको छ । प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपी ओली निकट नेकपाको तुर्माखाँद गाउँपालिका वडा न २ भुलुमा विस्तारित बैठक सम्पन्न गरेको छ । विभिन्न वडामा कमिटि गर्ने गर्ने क्रममा भुलुमा भएको बैठकले पुर्ण शाही अध्यक्ष र बिर्ख शाही सचिब रहने गरि १९ सदस्यीय वडाकमिटी पुनः गठन गरिएको छ । विस्तारित बैठकमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अर्जुन बुढा प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि बुढाले सबै कार्यकर्तालाई सक्रियताका साथ लाग्न र आगामी निर्वाचनमा केन्द्रीत हुन आग्रह गर्नुभयो । बैठकमा नेकपा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियु केन्द्रिय समिति सचिवालय सदस्य डम्बर बिसि, नेकपा जिल्ला कमिटि सदस्य गणेश शाही, दिपबहदुर शाही, तुलसी बिष्ट , नेकपा तुर्माखाँद गाउँ संगठन कमिटी सदस्य छत्र शाही, हर्क शाही, मोहन शाही, धनराज शाही, धनबहादुर शाही लगायतले मन्तब्य राख्नुभएको थियो । वडा कमिटी सदस्य पुर्ण शाहीको अध्यक्षतामा भएको बैठकको संचालन वडा कमिटि सदस्य बिनोदकुमार शाहीले गर्नुभएको थियो । विस्तारित बैठक बिहिबार रहफमा हुने नेकपा जिल्ला सदस्य डम्बर बिसीले जानकारी दिनुभयो । यसअघि बडा नम्बर ५ नाडामा राजकुमार शाही अध्यक्ष र ईन्द्र बिक सचिब रहने गरि ५१ सदस्यीय वडाकमिटी पुनः गठन गरिएको थियो ।