दोश्रो दिन अछाममा २ सय जनालाई खोप लगाईयो

माघ, १५ अछाम । देशैभर कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप जारी रहेको छ ।

जस अन्र्तगत आज दोश्रो दिन पनि स्वास्थ्यकर्मीहरु र अन्य यससंग सम्बन्धी व्यक्तीहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयका गणेश सुनारले जानकारी दिनुभयाे ।

उहाका अनुसार ५६ जना पुरुष र १ सय ४४ जना महिला गरी २ जनालाई कोभिड १९ बिरुद्धको खोप लगाईएको हो ।

जसमा ६६ जना स्वास्थ्यकर्मी, १ सय १० जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य संग सम्बन्धीत कर्मचारी २१ जना, सफाई कर्मचारी २ जना र १ जना एम्बुलेन्स चालक रहेका छन् ।

कोभिड बिरुद्धको खोप अभियान १६ र १७ गते पनि निरन्तर चल्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयाे ।

उहाका अनुसार यने अवधिमा छुटेकाहरुलाई १८ गते पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

बुधबार स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाबाट खोप लगाएर अछाममा अभियानको सुरुवात गरिएको थियो ।

खोप लगाउदा हुन सक्ने अवाञ्छित घटनाको ब्यवस्थापनको लागि जिल्ला अस्पताल अछामले एक टोली तयारी अवस्थामा रहेको जनाएको छ ।

खोप लगाउदा हुने सक्ने सम्भावित जोखिमलाई मध्य नजर गर्दै जिल्ला अस्पतालका डा अतुल भारद्वाज, डा. दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको अस्पतालले जनाएको हो । sudoor aaja

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button