
शंकर थापा, माघ १५ अछाम
ऐश्वर्य माध्यामिक विध्यालय दर्नाका पुर्व प्रधानाध्याक कटक बहादुर शाहको विदाई गरिएको छ ।
सेवा अवधी पूरा अनिवार्य अवकाश पाएपछी उहाको बिध्यालयले एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।
विध्यालय व्यावस्थापन समितीका अध्यक्ष मोति बहादुर धामिको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष कृष्ण बहादुर कडायत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कडायतले पुर्ब प्रधानाध्यापक शाहले दर्नाको समग्र शैक्षिक अवस्था वृद्धिका लागि लामो समय देखि योगदान पुर्याउनु भएको भन्दै आगामी दिनमा पनि उहाको योगदान रहने बिश्वाश व्यक्त गर्नुभयो ।
साथै शैक्षिक क्षेत्रको विकासका लागि विध्यालय लाई पुगाएको योगदानको प्रसङ्सा समेत गर्नुभयो । बिगतमा विध्यालयको गरेक सङ्रचना निर्माण देखि लिएर गुणस्तरीय शिक्षाको बिकासमा लगाएको लगाबको अन्य प्रधानाध्यापक र शिक्षकले पाठ सिक्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बिशिस्ट अतिथीको आसन बाट बोल्दै विदाई भएर गएका पुर्व प्रधानाध्यापक शाहले आफ्नो कार्य अवधिमा शैक्षिक बिकास तथा विध्यार्थिको हित अनुशार काम गरेको बताउनुभयो ।
आगामी दिनमा प्रत्यक्ष रुपमाविध्यालयमा सङ्लग्न नभएपनी आफ्नो तर्फ बाट सहयोग गरिरहने बताउनुभएको छ ।
साथै उहाले पछिल्लो समय शिक्षामा प्रतिस्पर्धा बढिरहेकाले गुणस्तरीय शिक्षामा सबैले जोड दिनुपर्ने कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षक बिध्यार्थी र अबिभाबकहरुले फुलमाला, खादा र अबिर लगायर पुर्ब प्रधानाध्यापक शाहको बिधाई गरेक थिए । सहायक प्रधानाध्यापक प्रकाश शाहको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन प्रधानाध्यापक हिक्मत बहादुर थापाले गर्नुभएको थियो ।