
कमल रावल, माघ १५ अछाम
चौरपाटी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले चौरपाटी गाउपालिकाको बजेट सहीत निती तथा कार्यक्रमको बारेमा सबै नागरिक जानकार हुने गरेको बताउनु भएको छ ।
हरेक नागरिकलाई प्रत्येक वडा तथा गाउपालिका मार्फत विनियोजीत हुने बजेटको बारेमा जानकारी हुने भएकाले गाउपालिकाको बजेट सहीत निती कार्यक्रमको बारेमा जानकार हुदै गएका बताउनु भयो ।
रेडीयो रामारोशनसँग कुराकानी गर्दै अधिकृत थापाले कसैले पनी गाउपालिकाको बजेटको बारेमा जानकारी नपाए गुनासो सुनुवाईको अभ्यास सुरु गरिएकाले गुनासो सुनुवाई पेटीकामा सुझाब सहीत प्रश्न राख्न आग्रह गर्नु भयो ।
गाउपालिका सरकारले बजेट विनियोजीत गर्दा ५ वटा क्षेत्रगत आधारमा विनियोजन गर्ने भएकाले लक्षित वर्गका निति कार्यक्रमले जहीले पनी प्राथमीकता पाउदै आएको बताउनु भयो ।
दलित, अपाँग, जेष्ठ नागरिक, महिला तथा बालबालीका, अपागं, जनजातीका कार्यक्रम मात्रै नभएर थुप्रै आत्मनिर्भरका क्षेत्रलाई समेत गाउपालिकाले अघि सारेकाले सोही अनुसार कार्यक्रम लागु सहीत सफल हुदै आएका जानकारी दिए ।
कृषि क्षेत्र, स्थानिय उत्पादन, मासु तथा दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागी कार्यक्रम समेत जारी रहेकाले सबैलाई लाभ लिन थापाले आग्रह गर्नु भयो ।
सडक, खानेपानी, सिचाईका भौतीक योजना सहीत शैक्षिक गुणस्तर र स्वास्थ्यलाई गुणस्तर बनाउदै लैजानका लागी गाउपालिका सरकारसँग समन्वय सहकार्य गर्दै अघि बढने साझेदार संस्थासँग साझेदारी गर्दै अघि बढेको जानकारी समेत दिनु भयो ।