
नेकपा तुर्माखाँद ६ रानीवनको विस्तारित बैठक वडा कमिटि पुनःगठन
टेकराज भण्डारी माघ १६, अछाम
नेपाल कम्युनिस्ट पार्टी नेकपा तुर्माखाद गाउँ कमिटि वडा नम्बर ६ रानिबनको बिस्तारित बैठक वडा कमिटि पुनःगठन गर्दै सकिएको छ । बैठकले रणबहादुर माझी अध्यक्ष र निरक सुनार सचिव रहने गरि ३१ सदस्यीय वडाकमिटी पुनः गठन गरेको छ । बिस्तारित बैठकको प्रमुख अतिथि नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिनबहादुर सुनार अतिथी रहनु भएको थियो । प्रमुख अतिथि सुनारले पार्टीलाई गतिशिल बनाउन नवगठित कमिटिले सक्रियताका साथ भूमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियु केन्द्रिय समिति सचिवालय सदस्य डम्बर बिसीले अहिलेको अवस्थामा सबै नेता कार्यकर्ता संयमित हुन र आगामी बैशाखमा तोकिएको निर्वाचनलाई आफ्नो पक्षमा पार्न क्रियाशिल हुनुपर्ने बताउनु भयो ।

बैठकमा नेकपा जिल्ला कमिटि सदस्यहरु गौमती शाही नरेन्द्र बिसि, धनबहादुर साउँद, अम्मर न्यौपाने, उमेश न्यौपाने, दलबहादुर बयक, अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य रुपेन्द्र विसी, जिल्ला कमिटि सदस्य कमल कोलि, राजकुमार सुनार, नेकपा गाउ संगठन कमिटी सदस्य देउकला सुनार शिक्षक संगठनका जनकलाल न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
विस्तारित बैठकले पार्टी हित विपरित कार्य गरेकाले वडा कमिटी सचिव दिपक बिकलाई पदमुक्त गरेको छ । वडा कमिटी अध्यक्ष रणबहादुर माझीको अध्यक्षतमा भएको बैठकको संचालन वडा कमिटी सदस्य निरक सुनारले गर्नुभएको थियो । शनिवार तुर्माखाँद ८ धमालीमा विस्तारित बैठक हुने जिल्ला कमिटि सदस्य विसीले जानकारी दिनुभयो ।