मार्कुमा अनलाईन ब्यक्तिगत घटना दर्ता प्रणालीको सुभारम्भ

माघ १६, अछाम : चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा आज एक कार्यक्रमका विच चौरपाटी गाउँपालिकाको पहिलो वडाका रुपमा ब्यक्तिगत घटना दर्ता प्रणालीको सुभारम्भ गरेको छ ।

मार्कुका स्थानिय रतन बहादुर वोगटी र निशा खडका बोगटीका सुुपुत्र आर्यन बोगटीको अनलाईन मार्फत जन्मदर्ता गर्दै चौरपाटी गाउँपालिकामा अनलाईन ब्यक्तिगत घटना दर्ता गर्दै प्रमाण पत्र दर्ता गरेका छन ।

आर्यन बोगटी गाउँपालिकाको अनलाईन ब्यक्तिगत घटना दर्ता गर्ने पहिलो ब्यक्ति भएका छन । वडा नम्बर ७ मार्कुका वडा अध्यक्ष गणेश बहादुर बोगटीको अध्यक्षतामा भएको अनलाईन ब्यक्तिगत घटना दर्ता प्रणली सुभारम्भ कार्यक्रममा प्रमुख अतिर्थी राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले प्रमुख अतिथि रहनुभएको थियो ।

अनलाईन ब्यक्तिगत घटना दर्ता सुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य कुँवरले समय अनुसार प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा सदस्य कुँवरले पूरानै शैलीबाट ब्यक्तिगत घटना दर्ता गर्दा थुप्रै ब्यक्तिको शैक्षिक प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाण पत्रमा समस्या आउने गरेको बताउनुभयो ।

उहाँले अनलाईन मार्फत घटना दर्ता पहिलो पटक राखिएको डाटा सधैको लागि हुने हुदा सहि डाटा राखेर मात्र प्रमाण पत्र लिन सर्व साधारणलाई आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले गाउँपालिकालाई पेपर लेस बनाउने उद्देश्यले अनलाईन घटना दर्ताको आरम्भ गरेको बताउनुभयो ।

अनलाईन घटना दर्ताले सामाजिक सुरक्षा भत्ता, नेपाली नागरिकको प्रमाण पत्र लगायत अन्य प्रयोजनमा पार्दशिता हुने धारणा ब्यक्त गर्नु भयो ।

अनलाईन ब्यक्तिगत घटना दर्ता प्रणली सुभारम्भ कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष ललित बोगटी, एमआईएस अपरेटर कालु सिंह बोहरा लगायतले मन्तब्य राख्नु भएको थियो ।

वडा सदस्य चक्र बहादुर बोगटीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव प्रदिप बहादुर बोगटीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button