
कमल रावल , माघ १६ अछाम
सुत्केरी संग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा र वडा नम्बर ५ कुुइकामा सम्पन्न भएको छ ।
महिलाहरु सुत्केरी भएका बेला पोष्टीकतत्वको एकदमै आवश्यकता पर्ने भएकाले पोषण खाने कुरामा बानि पार्नका लागि यो कार्यक्रमको संचालन गरीएको कमलबजार नगरपालिका उपप्रमुख भुुमिसरण ढकाल बजगाइले बताउनु भयो ।
कमलबजार नगरपालिकाको आयोजनामा भएको सुत्केरीसंग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रममा चाल्सामा २० जना र कुुइकामा २२ जना सुत्केरीलाई १ किलो घिउ, ३० ओटा अण्डा र एक एक झोला बितरण गरीएको छ ।
कोसेलि बितरण कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाई, प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, स्वास्थ्य साखा प्रमुख चक्र बहादुर बिष्ट, पोषण शाखा प्रमुख पबित्रा भण्डारी लगाएतको सहभागीता रहेको थियो ।