आफ्नै सरकारलाई काम गर्ने अवस्था नदिएकाले अहिलेको अवस्था आएको नेकपा केन्द्रीय सदस्य कामीको भनाई,

माघ १७, अछाम
नेकपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य भैरे कामीले देशको विकास, समृद्धि र अग्रगमनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम स्वागतयोग्य रहेका बताउनुभएको छ । सरकारलाई काम गर्ने वातावरण नै नदिई जहिले पनि बिरोध गर्ने र आफ्नो भाग खोज्ने प्रवृत्तिले अहिलेको अवस्था आएको बताउनु भयो ।
नेकपा मंगलसेन नगर कमिटी वडा नम्बर ६ र ७ को विस्तारित बैठकमा प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रीय सदस्य कामीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चीनसंग पारबहन सम्झौता गरेको, पाईपलाईनबाट ईन्धन आयात गरेको, सदियौँदेखि आफ्नो नक्सामा नरहेको लिपुलेक लिम्पियाधुरा सहितको भुभाग समेटेर नक्सा सार्वजनिक गरेको बताउनु भयो । यति हुँदाहुँदै पनि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोज्ने, एजेन्डा विपरीत गम्भीर आरोपपत्र दर्ता गर्ने जस्ता कार्यले प्रचण्ड माधवको नियत प्रष्ट भएको केन्द्रीय सदस्य कामीले बताउनु भयो ।
कम्युनिस्ट पार्टीका नाममा कसैलाई दास र अधिनमा राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
बैधानिक रुपमा नेकपा रहेको र त्यसको अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल रहेको भन्दै केन्द्रीय सदस्य कामीले यो कुरा निर्वाचन आयोगले पनि पुष्टि गरिसकेको बताउनु भयो । पार्टी नफुट्ने र ढुक्क भएर नेकपामा आवद्ध भई लाग्न र अहिले बाहिर जान खोजेकाहरु पनि फर्किन बाध्य हुने उहाँको दाबी छ ।

नेकपा मंगलसेन नगर संगठन कमिटी वडा नम्बर ७ का अध्यक्ष कालुसिंह विकको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेकपाका केन्द्रीय सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बोहराले
तत्कालीन एमाले तथा नेकपालाई दिएको बहुमतका कारण अहिले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सडक,खानेपानी लगायतका विकासका पूर्वाधारको सुरुवात भएको बताउनु भयो । निर्वाचन क्षेत्र नम्बर २ का सम्पूर्ण कम्युनिस्टहरु एकजुट भएर अघि बढ्नुपर्ने र यसो भएमा यस क्षेत्रको विकास हुने तथा अब आउने श्रोत र साधनको हिस्सेदार हुन सकिने औंल्याउनु भयो । अब आफुलाई चिनाउने बेला आएको र यो अवसरको लागि शशक्त रुपमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा मंगलसेन नगरपालिका उपमेयर सरिता उपाध्यायले अहिले नेकपामा सैद्धान्तिक भन्दा पनि व्यक्तिगत फाईदा, प्रतिष्ठा र भागवण्डाको झगडा भएको बताउनु भयो । सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै उहाँले पछिल्लो समय नगरपालिका सांसद लगायतको पहलबाट यश क्षेत्रमा विकासका कामले गति लिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य प्रभुनाथ भण्डारी, चन्द्र प्रसाद भण्डारी, दुर्गा प्रसाद भण्डारी, टंक प्रसाद भण्डारी, खकेन्द्र जैसी, प्रेम बहादुर थ्यायत
प्रेस संगठनका केन्द्रीय अनुशासन आयोग सदस्य टेकराज भण्डारी, नगर कमिटी सदस्य राम प्रसनद भण्डारी, जन्मराज जैसी, मम जैसी, हस्तना भण्डारी, टीका कामी, उदयराम जैसी, जन्मराज भण्डारी, शिक्षक संगठनका पूर्ण विक, वडा सदस्य नरपति भण्डारी, जमुना जैसी, गाजली नेपाली , जेष्ठ कम्युनिस्ट बालाराम खत्री, अनेरास्ववियूका जिल्ला सदस्य प्रकाश भण्डारी, पुष्पराज भण्डारी, तारा प्रसाद जैसी, तारा प्रसाद भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
नेकपा वडा नम्बर ६ का सचिव तथा निर्वाचित वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नेकपा मंगलसैन वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष चक्र प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button