छोरीका लागी “नगरकी छोरी, प्यारी छोरी” कार्यक्रम ल्याएका हौँः उपप्रमुख बजगाई

कमल रावल, माघ १६ अछाम । कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाईले समाजमा भईरहेको बाल विवाह रोक्नका लागी “नगरकी छोरी, प्यारी छोरी” कार्यक्रम ल्याईएको बताउनु भएको छ । हरेक छोरीको सानै उमेरमा बाल विवाह हुने र उच्च शिक्षाबाट समेत बञ्चित हुने भएकाले बाल विवाह रोक्न तथा उच्च शिक्षामा निरन्तर जोड् दिनका लागी कार्यक्रमको थालनी भएको बताउनु भयो ।

रेडियो रामारोशनसँग कुराकानी गर्दै उपप्रमुख बजगाईले गत बर्ष देखी नै नगरपालीका क्षेत्रमा जन्मीने छोरीको नाममा १ हजार जम्मा गर्दै अभिभावकको जिम्मेवारी सहीत खातामा जम्मा गर्ने गरेको बताउनु भयो । नियमीत खातामा पैसा जम्मा हुने गरेकाले कोही कसैले उमेर नै नपुगी बाल विवाह गरेको खण्डमा रकम सबै नगरपालिकाको खातामा फिर्ता हुने समेत बताउनु भयो ।

आफु जहीले पनी महिलाको नेतृत्वका लागी अघि बढेकाले किशोरी तथा महिलाका समस्या समाधानका लागी लागिपरेको बताउनु भयो । कीशोरीलाई शिक्षामा निरन्तर जोड् दिनका लागी प्रत्येक विद्यालयमा सेनेटरी प्याड वितरण कार्यपनी भईरहेको जानकारी दिनु भयो । साथै कुराकानीको क्रममा बजगाईले सुत्केरी महिला दिदिवहीनीको समस्यालाई बुझदै सुत्केरीसँग उपप्रमुख कोशेली कार्यक्रम समेत जारी रहेको जानकारी दिनु भयो ।

पुरानो रुढिवादीलाई चिर्दै पोषणमा जोडदिन सुत्केरीलाई घिउ र अण्डा प्रत्येक वडामा वितरण जारी रहेकाले सबै महिला दिदिवहीनीमा खुशीयाली झाएको बताउनु भयो । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरताका लागी आफु लागी रहने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button