मालिका आधारभुत विद्यालयको २१ औं अभिभावक भेला सम्पन्न, अध्यक्षमा पुन:भण्डारी

टेकराज भण्डारी , माघ १८ अछाम

मालिका आधारभुत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनको २१ औं अभिभावकक भेला तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यावस्थापन समितीका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष जनकराज भण्डारी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले शिक्षाको विकास पहिलो आवश्यकता भएको भन्दै यसका लागि शिक्षाको विकासका लागि वडा कार्यालय लागिरहेको बताउनु भयो । मालिका आधारभूत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा अझै यसमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा वडा सदस्य द्वय नरपति भण्डारी र देबेन्द्र प्रसाद भण्डारीले विद्यालयको लागि वडाले सकेजति सहयोग गरिरहेको भन्दै अन्य विद्यालय भन्दा यश विद्यालयको आवश्यकता बढि रहेकोले सोही अनुसार सहयोग गर्न प्रयास गर्ने बताउनु भयो ।
प्रधानाध्यापक भक्तराज ढुंगानाले कार्यक्रममा विद्यालयको समसामयिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वडा कमिटी अध्यक्ष चक्र प्रसाद भण्डारी, नेपाली काङ्ग्रेस नगर सभापति तथा संस्थापक प्रधानाध्यापक पुष्पराज भण्डारी, गंगा माबिका सहायक प्रअ तथा संस्थापक सेतिराम भण्डारी, संस्थापक टंकप्रसाद भण्डारी, पूर्व प्रअ महादेव भण्डारी, लगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो । कार्यक्रम शिक्षक, अभिभावक, विद्यार्थी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।


विद्यालयका शिक्षक गायत्री भण्डारीको स्वागत मन्तव्य बाट सुरुभएको भेलाको संचालन विधालयका सहायक प्रधानाध्यापक टेकराज भण्डारीले गर्नुभएको थियो ।
भेलाको बन्द सत्रले नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । भेलाले पुनः हेमराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत व्यस्थापन समिति गठन गरेको छ । जसमा सुवानाथ भण्डारी, निर्मला भण्डारी, भवानी प्रसाद भण्डारी, साबी भण्डारी, तुलक्षा सञ्ज्याल लगायतका सदस्य रहेका छन् ।


यस्तै गोविन्द सोवको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । जसमा नमराज भण्डारी, धौली भण्डारी, जैसरा नेपाली, सर्प बहादुर थ्यायत, जसु जैसी, डण्डी प्रसाद भण्डारी, मनिषा भण्डारी र रबिन्द्र ढकाल सदस्य रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker