प्रिमियर लिग अन्तर्गत बर्नलीसँगकाे खेलमा चेल्सी विजयी

माघ १९, २०७७ सोमबार

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक गोल गरे । २१ खेल खेलेको चेल्सी अंक तालिकामा ३३ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।​

बर्नली भने १६ औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेडले लेस्टर  सिटीलाई ३–१ गोल अन्तरले हराएको छ । यस्तै, ब्राइटनले टोटनह्यामलाई र एस्टोन भिल्लाले साउथह्याम्टनलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button