पत्रकार महासंघ अछामको साधारण सभा माघ २९ गते साफेबगरमा हुने

कमल रावल, माघ १९ अछाम

नेपाल पत्रकार महासंघ अछामको साधारण सभा माघ २९ गते साफेबगरमा हुने भएको छ ।

नेपाल पत्रकार महासंघ अछामको शाखाको आज बसेको बैठकले शाखाको साधारण सभा भब्यताका साथ साफेबगरमा माघ २९ गते गर्ने निर्णय गरेको हो ।

कार्यबाहक अध्यक्ष खम्म खत्रिको अध्यक्षतामा बसेको बैठकले पत्रकार महासँघ अछामको भवन निर्माणका लागी निशुल्क जग्गा आवश्यक परेकाले निशुल्क रुपमा जग्गा उपलब्ध गराउनका लागी सुचना प्रशारण तथा प्रकाशन गर्ने र नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावलका वुवाको निधन प्रती शोक प्रस्ताब समेत पारित बैठकले गरेको छ ।

बैठकमा पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष राम बहादुर कुवर, जनकराज भण्डारी, केन्द्रिय पार्सद टँक प्रसाद रिमाल, प्रदेश पार्सश चन्द्र थापा, समितीका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो ।

बैठकको संञ्चालन सहसचिव तपेन्द्र धामीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button