क्यान्सर पिडीत रमेशको उपचारका लागी ३२ हजार बढी संकलन

कमल रावल, माघ १९ अछाम

क्यान्सर पिडीत रमेश वयकलाई बचाउन अभियान त्रिवेणी युवा क्लब ढकारीले जारी राखेको छ ।

यतीबेला क्लबले बजार सहीत, विद्यालय, सरकारी कार्यालयबाट आर्थिक संकलन गर्ने कार्य जारी राखेको छ ।

वडा नम्बर २ ढकारीका २७ बर्षिय क्यान्सर पिडीत वयकको हाल भारतको हैदराबादमा उपचार जारी रहेको छ ।

उहाँको सहयोगार्थको लागी थालीएको अभियानको ३ दिनको अवधिमा ३२ हजार ९ सय ९३ आर्थिक रकम संकलन भएको क्लबका संयोजक भिमेस रिमालले बताउनु भयो ।

संयोजक सहीत क्लबका अन्य प्रतीनीधी प्रेम प्रसाद रिमाल, रवि रिमाल र रविन्द्र खत्रीले थालेको अभियानले ३२ हजार बढी रकम संकलन गरेको हो ।

जसमा कालिका माध्यामीक विद्यालय प्रशासनबाट १० हजार, विद्यालयका विधार्थिबट २ हजार १ सय ८०, वडा नम्बर २ को हिच्मा बजारबाट ४ हजार १ सय ८०, ढगनेटा तथा ढकारी बजारबाट १६ हजार ६ सय ३२ रकम प्राप्त भएको बताईएको छ ।

संकलीत रकम पिडीत रमेश वयकको खातामा जम्मा गरिसकेको रिमालले बताउनु भयो ।

आर्थिक अभाब कारण अस्पतालको शैयामा छटपटाईरहेका वयकको उपचारमा सहयोग गरिदिन सबैलाई सहयोग अभियान संञ्चालन गरेको त्रिवेणाी युवा क्लब ढकारीका संयोजक भिमेस रिमालले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button