विद्यालय नर्सिङ कार्यक्रम सम्वन्धि २ दिने अनुशिक्षण मंगलसेनमा सम्पन्न, कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन नर्सिङ कार्यकर्ताले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा कार्यवाहक नगरप्रमुख उपाध्यायको जोड ।।

होम साउद, अछाम २० माघ ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका स्वास्थ्य कार्यक्रताहरुको लागि २ दिने अनुशिक्षण कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकामा नयाँ कार्यक्रमको रुपमा संचालन भएको उकक्त कार्यक्रमको अनुशिक्षण गरिएको हो । अनुशिक्षणमा आधारभुत स्वास्थ सेवा, पोषण प्याकेज, किशोर किशोरीमैत्रि सेवा र नितिगत सन्दर्भ बारे जानकारी सहित शिक्षक विद्यार्थीको स्वास्थ्य परिक्षण, स्वास्थ्य सरसफाइ को अवस्था सुधारका विभिन्न सवालमा छलफल भएको थियो।नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीको अध्यक्षतामा भएको अनुशिक्षणको समापन समारोहमा कार्यवाहक नगरप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि उपाध्यायले स्वास्थ्य सरसफाइमा नमुना नगर बनाउने गरि फिल्डमा खटिन आग्रह गर्दै नर्सिङ कार्यकर्तालाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।उहाँले बिद्यालय नर्सिङ कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन उत्कृष्ट कार्यसम्पादन गर्न बिद्यालय नर्सिङ कार्यकर्तालाई आग्रह गर्नुभयो । अव बिद्यालय स्तरबाटै स्वास्थ्य, सरसफाइ, पोषणको अवस्था सुधारका लागि डटेर काममा लाग्नुपर्ने भन्दै उपाध्यायले किशोरी शिक्षा संगै नगरपालिकाले विद्यालयमा उपलब्ध गराएको सेनेटरि प्याडको प्रयोगलाई प्रभावकारी बनाउन समेत पहल गर्न निर्देशन दिनुभयो ।

सुदुरपश्चिममा नमुनाका रुपमा मंगलसेन नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन भएकोले यो कार्यक्रमको प्रभावकारीता र दिगोपनाका लागि नर्सिङ कार्यकर्ताकै भूमिका बढी हुने उल्लेख गर्नुभयो ।कार्यक्रमका अध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीले नर्सिङ कार्यकर्तालाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउदै आग्रह गर्दै कार्यक्षेत्रमा सकारात्मक सामाजिक परिवर्तन गर्न र आफ्नो व्यक्तित्व विकास गर्न समेत सक्रिय हुन आग्रह गर्नुभयो ।

नितिगत र व्यवहारिक कुराहरुलाई मध्यनजर गर्दै कार्य गर्न आवश्यक रहेको बताउदै उहाँले कुनै समस्या आईपरेमा नगरपालिका र स्वास्थ्य शाखालाइ जानकारी गराउन आग्रह गर्नुभयो । यस्तै सहभागीको तर्फबाट कुन्ती माविका नर्सिङ कार्यकर्ता जमुना खातीले बिद्यालयमा आधारभूत स्वास्थ्य, सरसफाइ र पोषणको अवस्था सुधार कार्य के कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा आफुहरु जानकार भएको र अनुशिक्षणमा सिकेका कुरालाई ब्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।समापन कार्यक्रममा सबै नर्सिङ कार्यकर्तालाई ल्याप्टप र झोला समेत हस्तान्तरण गरिएको थियो ।

२ दिन सम्म चलेको अनुशिक्षणको सहजिकरण स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनकराज ढुंगाना, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी, जिल्ला अस्पताल अछामका नर्सिङ निरिक्षक गंगा बुढामगर ले गर्नुभएको थियो ।

समापन समारोहमा जिल्ला अस्पतालका नर्सिङ निरिक्षक तथा अनुशिक्षणका सहजकर्ता गंगा बुढामगर र शिक्षा शाखाका प्रास दिपेन्द्र बिष्ट अतिथि रहनुभएको थियो । समापन कार्यक्रमको संचालन स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको नगरपालिकाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो । २ दिन सम्म चलेको अनुशिक्षणमा मंगलसेन नगरपालिका अन्तरगतका १० वटा माध्यामिक विद्यालयका प्रधानाध्यापक र नर्सिङ स्टाफहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button